अकंहरू र अक्षरहरू

० अकं, अ अक्षर

दुवै लेखिन, पढिन, बुझिन अनि देखिन विवश

आफै केही गर्न असमर्थ

दुवै नपुंसक

अपरिचितका लागि दुवै अपरिचित

दुवै शासित

अंक गणितद्वारा, अक्षर व्याकरणद्वारा

तर अंक दास छ त्यसैले अनुशासित छ

अक्षर विद्रोही छ त्यसैले स्वतन्त्र छ

अंक ब्ल्यक एण्ड ह्वाइट अक्षर रंगिन

अंक विज्ञान हो अक्क्षर कला

अंक लजिक हो अक्षर भावना

ठोस छ अंक, अक्षर तरल

बग्न, रिसाउन, हाँस्न, रुन जान्दैन अंक

आँसु झार्दैन अंक

सुस्केरा फेर्दैन अंक

दुवै जोडिन्छन, गुणिन्छन, घट्छन, भाग लाग्छन

तर अक्षरको हिसाब बराबर हुँदैन, अंकको सधै बराबर

ब्रह्माण्ड, जीवन, आगो, पानी सबै बुझाउँछ अंक

अस्तित्व, संघर्स, प्रेम, प्यस सबै बुझाउँछ अक्षर

अंक अमर छ किनकी निर्जिव छ

अक्षर मर्छ किनकी जीवित छ

अंकले ब्रह्माण्ड जित्छ अक्षरले संघर्स

अक्षरले ब्रह्माण्ड हार्छ अंकले संघर्स

## म अक्षर हुँ या अंक कृपया प्रतिक्रिया पाउँ ##

Leave a Reply

Your email address will not be published. Required fields are marked *