धेरै पटक धाएँ म
धेरै पटक आएँ म
लिएर आवेग केवल अहंकारको
खोज्न जवाफ हरेक प्रस्नको
मै जान्नी, मै सुन्नी भनेर
बन्द गरी यो ढोका मनको
खोलेर सँधैँ यी नयन सुख्खा
आएँ फर्किन, लिएर गएँथे जो
बाँध खोलेर हेरेँ आज
जे-जे पोखियोस पोखिन दिएर
हेरेँ सर्वत्र पानी आज
आउँदैन मलाई केहि
जान्दिन म केहि
भत्किन्छु एकै झोकाँमा
लुड्किन्छु एकै धक्कामा
चुर चुर भएँ आज
धुल धुल भएँ आज
केवल दिएर सबै आएँ
नलिई केहि पनि फर्किएँ